कार्य सञ्चालनका लागि तय गरिएका रणनीतिहरू - LACCoS_Conserve to Live
Our Post :
Home » , » कार्य सञ्चालनका लागि तय गरिएका रणनीतिहरू

कार्य सञ्चालनका लागि तय गरिएका रणनीतिहरू

Written By LACCoS Conserve to Live on Wednesday, June 19, 2013 | 12:35 AM

 संस्थाले निर्दिष्ट गरेका लक्ष्य प्राप्ति तथा उद्धेश्य कार्यान्वयनका लागि विशेष गरी ४ किसिमका रणनीतिहरू अपनाईएको छ । 

क) जनचेतना अभिबृद्धि 
संरक्षणका कार्यहरूमा  स्थानीय समुदायको अग्रसर भूमिका स्थापना गरी संरक्षण तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउनको लागि संस्थाले पहिलो रणनीतिको रूपमा  जनचेतनालाई लिएको छ । सो का लागि संरक्षणमूलक विभिन्न दिवस मनाउने, पोस्टर, पम्प्लेट, ब्रोसर, होर्डिङ बोर्ड, विभिन्न मिडियामा संरक्षणमूलक लेख रचना प्रकाशन, सडक नाटक तथा विविध कार्यक्रम सञ्चालन गरिदै आएको छ र दीर्दघकालीन  रूपमा संस्थाको लक्ष्य तथा उद्धेश्य प्राप्तिका लागि यो रणनीति अपानाईनेछ । 

ख) क्षमता अभिबृद्धि 
संरक्षणमा टेवा पुर्‍याउन स्थानीय समुदायको अग्रसर भूमिका रहने सो अग्रसर भूमिका विस्तारका लागि उनीहरूलाई विभिन्न सेमिनार, गोष्ठी, तालिम, अन्तक्रिर्या, संरक्षणमूलक अवलोकन भ्रमण आदिको व्यवस्था गरिने छ । 

ग) कार्यगत 
संरक्षणका लागि विभिन्न कार्यहरू सरसफाई, बृक्षारोपण, कार्यगत गोष्ठी, जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग पुर्‍याउने खालका विभिन्न कार्यहरू गरिनेछ । सो का लागि स्थानीयस्तरका आमा समूह, नागरिक समाज, विभिन्न चोरीसिकार नियन्त्रण समूह, मध्यवर्ती उपभोक्ता समूह, समिति, इको क्लब तथा अन्य विद्यार्थी नेर्टवर्क, युवा समूह तथा अन्य सामाजिक समूहममार्फ कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

घ) जीविकोपार्जन तथा प्रजाति संरक्षण 
पर्या पर्यटन, कृषि पर्यटन, पर्या संस्कृति तथा ग्रामीण वचत(बैंक) आदि कार्यक्रममार्फ जीविकोपार्जन एवं वातावरण संरक्षणमैत्री कृयाकलापमा अभ्रि्रेरित गर्ने तथा विभिन्न प्रजातिको पहिचान तथा दिगो संरक्षणका लागि कुरासँगै काम  (Coming into Action)  गरिनेछ । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel