द्वन्द्व पछिको रसुवाको बारेमा - LACCoS_Conserve to Live
Our Post :

द्वन्द्व पछिको रसुवाको बारेमा

Written By LACCoS Conserve to Live on Monday, September 2, 2013 | 12:40 AM

सञ्चालित कार्यक्रम: शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिता अभिबृद्धि सह आयोजना

देशमा चलेको लामो द्वन्द्वमा अङ्गभङ्ग भएका, आफन्त तथा परिवार गुमाएका साथै विभिन्न कारणले द्वन्द्वको चपेटमा परेका व्यक्तिहरूलाई राहत प्रदान गर्न शान्ति तथा पुननिर्माण मन्त्रालयले इन्टरनेसनल डेभेलपमेन्ट एसोसियनको सहयोगमा  शान्ति प्रकृया सहयोग आयोजना सञ्चालन गरिरहेको छ । त्यही कार्यक्रमको प्रभावकारिता अभिबृद्धिको लागि यो सह आयोजना सञ्चालन गरिएको हो ।


  • कार्यक्रम सञ्चालन अवधि : जुन २०१३ देखि मे २०१४ सम्म 
  • रसुवामा कार्यक्रमका साझेदार संस्थाहरू : हेल्भेटास नेपाल, पार्टनरसिप फर ट्रान्सपरेन्सी फण्ड, जापानीज सोसियल डेभेलपमेन्ट फण्ड, सामूहिक अभियान तथा लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज 
  • कार्यक्रम लागू भएका जिल्लाहरू : रसुवा, नुवाकोट, संखुवासभा, सिराहा, दाङ, दार्चुला, कपिलवस्तु र बैतडी 

रसुवामा कार्यक्रम सञ्चालन भएका गाविसहरू : धैबुङ र लहरेपौवा
हालसम्मका मुख्य गतिविधिहरू 

  • जिल्लास्तरीय कार्यक्रम परिचयात्मक गोष्ठी : जिल्लाका सरोकारवालाहरूलाई कार्यक्रमको बारेमा जानकारी गराउन 
  • गाविसस्तरीय कार्यक्रम परिचयात्मक गोष्ठी : कार्यक्रमका बारेमा गाविसस्तरीय सरोकारवालालाई जानकारी गराउन 
  • नागरिक लब्धाङ्क पत्रद्वारा द्वन्द्व पीडितले पाएका राहत, पाउनुपर्ने सेवा सुविधाको बारेमा थाहा भए नभएको अवस्थाबारे सर्वेक्षण : धैबुङ र लहरेपौवा गाविसमा रहेका द्वन्द्व पीडितको अवस्था, उनीहरूले पाएका सेवा सुविधा तथा पाउनु पर्ने सेवा सुविधाका बारेमा उनीहरूलाई जानकारी भए नभएको तथा सेवा प्रदायकले निर्वाह गरेका भूमिका बारेमा जानकारी लिन । 
  • सेवाग्राही तहको लेखाजोखाको प्रारम्भिक नतिजा आदान प्रदान कार्य जिल्लास्तरमा : शान्ति प्रक्रिया सहयोग आयोजनाको  बारेमा नागरिक लब्धाकं पत्रको प्रारम्भिक अध्ययनवाट प्राप्त नतिजाको बारेमा सरोकारवालालाई जानकारी गराउन तथा  सरोकारवालाको प्रतिवद्धता संकलन गर्न 
  • द्वन्द्व पीडितको सवालमा आवश्यक छलफल तथा आगामी कार्यक्रमको बारेमा गाउँ स्तरीय र जिलला स्तरीय स्थानीय शान्ति समितिका पदाधिकारी तथा सेवा प्रदायकसँग निरन्तर भेटघाट कार्यक्रम तत्काल हुने कार्यक्रमहरू 
  • द्वन्द्व पीडितले पाउने सेवा सुविधा सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालय धैबुङ, लहरेपौवा तथा जिल्लास्तरीय शान्ति समितिको कार्यालयमा नागरिक वडापत्र राख्ने : जसको सहयोगबाट द्वन्द्व पीडितले सुविधा पाउनको लागि पुरा गर्नु पर्ने प्रकृया तथा सेवा प्राप्त गर्न लाग्ने समयको जानकारी सजिलै प्राप्त गर्नेछन् । 
  • स्थानीय शान्ति समिति (गाउँस्तर,जिल्लास्तर) मा द्वन्द्व पीडितले गुनासो राख्नको लागि गुनासो बक्सको व्यवस्था गर्ने 
  • मृतकका हकदारलाई आर्थिक सहायता प्रदान गर्ने निर्देशिका सम्बन्धि धैबुङ र लहरेपौवाका द्वन्द्व पीडितलाई ३ दिने अभिमुखीकरण तालिम 

.
रेडियो कार्यक्रम सञ्चालन सम्बन्धि निर्देशिका
द्धन्द पिडितहरुको सवाललाई आम नागरिक सम्म पुराउने र आम नागरिकलाई पनि यस कार्यक्रम सलग्न गराई शान्ति प्रक्रिया सहयोग कार्यक्रमको प्रभावकारीता अभिवृद्धि गर्नु परियोजनाको उद्देश्य हो । विशेष गरेर नेपाल सरकारले प्रदान गरिरहेको सेवा त्यसको गुणस्तरिया र सम्बन्धि पक्षलाई यस वारेमा सुसूचित गरि सेवालाई प्रभावकारीता वृद्धि र सम्बन्धित पक्षलाई जवाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्नु यस रेडियो कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ ।

रेडियो कार्यक्रम सञ्चालनका प्रमुख उद्देश्यहरु

  • द्धन्द प्रभावितहरुका समस्याहरुलाई आम नागरिक माझ सुसूचित गराउनु
  • द्धन्द प्रभावितहरुलाई प्रदान गरिने राहत कार्यक्रम, रोजार तथा स्वोराजगार तालिम तथा अन्य सेवाको प्रभावकारिताको सम्बन्धि जानकारीहरुलाई प्रचारण गर्नु
  • स्थानिय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालयबाट द्धन्द प्रभावितहरुलाई प्रदान गरिने क्रियाकलापको वारेमा सुसूचित गराउने
  • सेवाको गुणस्तरिया, सेवा प्रक्रियमा सहजता, तथा जनताहरुको गुनासोहरु व्यवस्थापनमा सम्बन्धि पक्षलाई पारदर्शिता तथा जवाफदेहिता वृद्धि गर्नु 

रेडियो कार्यक्रममा समेट्नु पर्ने विषयहरु

  • द्धन्द पिडितहरुको सवालहरु
  • सूचनाको हक
  • शान्ति प्रक्रिया सहयोग परियोजना अन्तर्गत द्धन्द पिडितहरु प्रदान गरिने विभिन्न सहयोग सम्बन्धि निर्देशिकाको अभिमूखि सम्बन्धि
  • स्थानिय शान्ति समिति,गाविस स्तरिय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय लगायत अन्य सरोकारवाल निकायहरुको द्धन्द प्रभावित नागरिकलाई प्रदान गरिने सेवाको गतिविधिहरु तथा परियोना विभिन्न गतिविधिहरु
  • प्रत्यक्ष रुपमा सरोकारवाला निकायहरु ( स्थानिय शान्ति समिति, जिल्ला प्रशासन कार्यालयहरुको विचारहरु)
  • द्धन्द पिडितहरुको गुनासो र सम्बन्धि पक्षको जवाफदेहिता सम्बन्धमा
  • सुशासन प्रवद्र्धन सम्बन्धि जानकारीहरु
  • राहत कार्यक्रममा भएका कमजोरीहरु ( प्रमाण सहित)


सञ्चालन प्रक्रिया
यस कार्यक्रमको मुख्य समन्वयकर्ताको रुपमा स्थानिय साझेदार संस्थाको भूमिका महत्व पूर्ण हुन्छ तथा जिल्ला सहजकर्ताबाट आवश्यक जानकारी तथा कार्यक्रम सञ्चालन सम्बन्धि सुझावहरु प्रदान भइ नै रहन्छ । कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानिय समिति तथा जिल्ला प्रशासन कार्यलयसग निरन्तर समन्वय गर्नु त्यति नै आवश्यक रहन्छ । प्रशारण गरिने सामग्रीहरु जस्तै सुचनाका हक, द्धन्द पिडितहरु प्रदान गरिने सेवा सम्बन्धि निर्देशिकाहरु, जिल्ला तहमा भएका गतिविधिहरु जिल्ला सहजकर्ताले कार्यक्रम प्रसारण यूनिटलाई उपलब्ध गराउनु पर्दछ र कार्यक्रम सञ्चालनलाई शान्ति प्रक्रिया सहयोग कार्यक्रम र यस परियोजनको वारेमा प्रष्ट रुपमा जानकारी हुन आवश्यक हुन्छ ।

कार्यक्रमको पहिलो प्रशारणमा समावेश गर्नु पर्ने विषयहरु क्रमिक रुपमा
सामूहिक अभियानको गितका अंश
यो कार्यक्रम पार्टनरसिप फर ट्रान्सपेरेन्सि फन्ट, जेएसडिको सहयोग, हेल्पिटास नेपालको व्यवस्थापन तथा सामूहिक अभियान काठमाडौ (स्थानीय साझेदार संस्थाको नाम) सञ्चालनमा भईरहेको भन्ने उल्लेख गर्नुहोस्
कार्यक्रमको समय तथा अवधि र वार उल्लेख गर्नुहोस्
कार्यक्रमको उद्देश्य 

  • यस कार्यक्रमको उद्देश्य नागरिकहरुको सलग्नतामा शान्ति प्रक्रिया सहयोग आयोजनाको प्रभावकारिता अभिवृद्धि गर्नु हो ।
  • यस कार्यक्रममा हामी द्धन्द पीडितहरुको सवाल......उद्देश्यमा भएका कुराहरु उल्लेख गर्नुपर्दछ ।
  • परियोजना मार्फत सञ्चालन हुने क्रियाकलाप, कति जिल्लामा सञ्चालन भईरहेको छ जस्ता विषयहरु जिल्ला सहजतकर्ताको सहयोगमा उल्लेख गर्नुहोस् वा सम्बन्धि साझेदार संस्थालाई उल्लेख गर्ने लगाउनुहोस्
  • आवश्यक अनुसार स्थानिय शान्ति समितिका गतिविधि, परियोजनाका गतिविधि, द्धन्द पिडितका सवाल, सरोकारवालका निकायका विचारहरुलाई क्रमिक रुपमा समेट्दै जानुहोस्

यसै अनुरुप अन्य कार्यक्रमहरु  उत्पादन गरि प्रशारण गरिनु पर्दछ ।

पहिलो कार्यक्रम




Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel