वातावरण दिवस २०१३ - LACCoS_Conserve to Live
Our Post :

वातावरण दिवस २०१३

Written By LACCoS Conserve to Live on Tuesday, June 25, 2013 | 10:52 PM

स्वच्छ वातावरण विना मानिसलगायत हरेक जीवको जीवन अनुकूल बन्न सक्दैन । मानव सिर्जित कृयाकलापकै कारण भूमण्डलको वातावरण प्रतिकूल बन्दै गएको छ । जनस्तरदेखि नै वातावरण संरक्षणका लागि जनचेतना अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने गरेका छन् । संयुक्त राष्ट्र संघ, वातावरण संरक्षण कार्यक्रमले तय गरेको अन्तर्राष्ट्रिय  नारा Think, Eat, Save  भन्ने अंगै्जी नारालाई नेपाली रूपान्तरण गर्दा हुन आउने "सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं" भन्ने मूल नाराका साथ यस वर्षपनि विविध चेतनामूलक कार्यक्रमसहित विश्व वातावरण दिवस रसुवामा पनि सम्पन्न भयो । 

जिल्ला विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज  तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना (WWF), जिल्ला कृषि विकास कार्यालय, जिल्ला भू-संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, BWI, सु-आहारा कार्यक्रम,  नौकुण्ड उपभोक्ता समिति तथा लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजको संयुक्त आयोजना तथा धुन्चेस्थित नेपाल आमा समूहको सकृयतामा  सम्पन्न कार्यक्रममा भएका गतिविधिलाई  प्रस्तुत गरिएको छ । 

वातावरण दिवस २०१३ का उद्धेश्यहरू 
  • खानाको सदुपयोगबाट वातावरण र मानव स्वास्थ्यको रक्षा गर्ने 
  • खाना खेर नफाल्ने सम्बन्धमा जनचेतना अभिबृद्धि गर्ने एवं यस क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी निकायसँग समन्वय कायम गर्ने । 

सम्पन्न कृयाकलापहरू
  • तयारी तथा छलफल/बैठक 
  • वातावरणीय सन्देशमूलक प्लेकार्ड प्रदर्शनसहितको र्‍याली 
  • बक्तृत्वकला तथा औपचारिक कार्यक्रम 
  • धुन्चे बजार तथा हाता सरसफाई कार्यक्रम 
  • श्रमिक वर्गको अगुवाईमा बृक्षारोपण कार्यक्रम 

कार्यक्रमको बारेमा विस्तृत विवरण 
क्रसं
क्रियाकलाप
कहाँ
किन
कहिले
के भयो ?
कैफियत
.
छलफल तथा तयारी बैठक जिल्लाका सरोकारवालासँग
ल्याकोस रेडपाण्डा हल
जिल्लाका सरोकारवालाहरूसँग विश्व वातावरण दिवस २०१३ मनाउने तयारी गर्न तथा कार्यक्रमको तर्जुमा गर्न
१९ जुन २०१३
विश्व वातावरण दिवस २०१३ विभिन्न कार्यक्रमसहित मनाउनको लागि योजना तर्जुमा तथा आर्थिक स्रोतको व्यवस्थापन भयो ।    

छलफल तथा तयारी बैठक जिल्लाका अमा सहूहसँग
ल्याकोस रेडपाण्डा हल
विश्व वातावरण दिवस २०१३ का विभिन्न कार्यक्रममा स्थानीय जनसहभागिता बृद्धि गर्न      
२० जुन २०१३

धुन्चे बजारमा सन्देशमूलक सरसफाई कार्यक्रम सञ्चालन गर्नको लागि आमा समूहको नेतृत्वमा स्थानीय सहभागिता जुटाउने निर्णय

श्रमिकहरूसँग                     

विश्व वातावरण दिवस २०१३ को अवसरमा श्रमिकवर्गको अगुवाईमा बृक्षारोपण कार्य सञ्चालनको लागि श्रमिकवर्गको सहभागिता जुटाउन

श्रमिकवर्गको अगुवाईमा डम्पिङ र्साईडको नजिक बृक्षारोपण गर्नको लागि श्रमिकहरू जुटाउने निर्ण्र्ाागरियो ।

वातावरणीय सन्देशमूलक र्याली                       
धुन्चे वेलकम गेटबाट रसुवा उच्च माविसम्म

जुन ५ 
बजारमा विश्व वातावरण दिवस तथा सो को नाराबारे जनमानसमा जानकारी दिन ।  वातावरण संरक्षणका लागि स्थानीय जनमानसको पनि बराबर दायित्व हो भन्ने चेतना जागरण गर्न     विशेष गरी विश्व वातावरण दिवस २०१३ को नारा "सोचेर खाऔं, खाना खेर नफालौं" -) मान्छेका लागि वातावरण, वातावरणका लागि संरक्षण -) घरभित्रको फोहोर वर्गीकरण गरी व्यवस्थापन गरौं, वातावरण जोगाऔं -) लेखिएका प्लेकार्ड पर््रदर्शन गरी धुन्चे वेलकम गेटबाट रसुवा उच्च माविसम्म र्याली गरी जनचासो बृद्धि गरियो ।

औपचारिक कार्यक्रम






बक्तृत्वकला प्रतियोगिता                     
रसुवा उच्च माविको प्राङ्गणमा
विश्व वातावरण दिवसमा विद्यालय तथा विद्यार्थीहरूको सहभागिता बृद्धि गर्न तथा उनीहरूको वातावरण सम्बन्धि तथा विश्व वातावरण दिवस २०१३ को नाराको विषयमा विद्यार्थीहरूको ज्ञान बढाउन 
जुन ५
धुन्चेस्थित ३ वटा माविका ५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । ५ जना मध्ये २ जना प्रथम र १ जना द्वितीय तथा १ जना तृतीयलाई पुरस्कार तथा प्रमाणपत्र दिइयो । जुन विवरण तालिका नं ३ मा दिईएको छ ।


वातावरणीय सन्देशमूलक मन्तव्य               

विश्व वातावरण दिवस २०१३ तथा सोको नारका विषयमा आ-आफ्नो धारणा सहभागीमाझ आदानप्रदान गर्न    

ल्याकोसका अध्यक्ष सन्तोष घले, सुआहारा कार्यक्रमका इन्दिरा दाहाल, जिल्ला कृषि विकास कार्यालयका रामचन्द्र पौडेल, स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डे तथा लारानिका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालद्वारा वातावरण चेतनामूलक तथा दिवस सम्बन्धि महत्वपूर्ण  सन्देश प्रवाह 


फोहोर संकलनका लागि बाल्टीन वितरण                
धुन्चे बजार
बजारमा फोहोर व्यवस्थापन सम्बन्धि जनचासो बृद्धि गर्न
जुन ५
       जिल्ला विकास समितिको सहयोगमा बजारका विभिन्न १५ स्थानमा आमा समूहको सौजन्यमा कुहिने बस्तु र नकुहिने बस्तुका लागि छुट्टाछुट्टै बाल्टीन व्यवस्था गरियो जसबाट फोहोर वर्गीकरण गर्नुपर्ने चेतना जागरण हुनेछ ।


पुरस्कार तथा प्रमाणपत्र वितरण



तल हेर्नुहोला


सन्देशमूलक सरसफाई कार्यक्रम        रसुवा उमाविबाट डम्पिङ र्साईडसम्म                       
धुन्चे
फोहोर व्यवस्थापनका लागि जनचासो बृद्धि गर्न
जुन ५
शिव मन्दिरदेखि वेलकम गेट तथा डम्पिङ र्साईडसम्म आमा समूहको अगुवाई तथा नेपाली सेना तथा अन्य व्यक्तिहरूको सहभागितामा सरसफाई गरी चेतना जागरण गरियो ।


बृक्षारोपण कार्यक्रम
डम्पिङ र्साईडको नजिक
रूख रोप्नर्ुपर्छ भन्ने चेतना विस्तार गर्न तथा वातावरण संरक्षण सम्वन्धि चेतना जागरण गर्न    
जुन ५
                     श्रमिकहरूको सहभागितामा १०० भन्दा बढी विरूवाहरू रोपण गरियो ।


विजयी विद्यार्थीको विवरण
क्र.सं विद्यार्थीको नाम   विद्यालय १० पूर्ण्ााङ्कमा प्राप्त गरेको अंक विजयी अवस्था पुरस्कार
सुनारानी तामाङ रसुवा उच्च मावि ७.८३ प्रथम रू. ७०० नगद तथा ६०० को  सामग्री
सविता सुवेदी        नमूना एभरग्रीन आ. मावि ७.८३ प्रथम रू. ७०० नगद तथा ६०० को  सामग्री
आरती गुरुङ        हाइल्याण्ड आ. मावि ७.०० द्वितीय रू. रू. ५०० नगद तथा रू ५०० को सामग्री
सोनी गुरुङ        नमूना एभरग्रीन आ. मावि ६.८३ तृतीय रू. ३०० नगद तथा ४५० को सामग्री

विभिन्न कार्यक्रममा सहभागीको विवरण
  • जिल्लाका सरोकारवालाहरूसँग तयारी बैठक :: १४ जना
  • नेपाल आमा समूहसँग वातावरण दिवस २०७० मा सरसफाई कार्यक्रम सञ्चालन तयारी बैठक तथा श्रमिकहरूसँग बृक्षारोपण कार्य तयारी बैठक १६ जना
  • वातावरण दिवस औपचारिक कार्यक्रम १६२ जना
  • धुन्चे बजार तथा वरपर सरसफाई कार्यक्रम ७८ जना
  • श्रमिक वर्गको अगुवाईमा बृक्षारोपण कार्यक्रम ३४ जना


कार्यक्रम सञ्चालनमा देखिएका चुनौतिहरू
  • विगतका कार्यक्रममा भन्दा यस पटक स्थानीय व्यक्तिहरूको सहभागिता बृद्धि भए पनि राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता बढाउन नसक्नु ।

  • साउण्ड सिस्टम वा ह्याण्ड माईकको व्यवस्था नभएकोले बक्तृत्वकला प्रतियोगिता तथा मन्तव्यमा सहभागिहरूको आवाज सबैले राम्ररी सुन्न नपाउनु ।
  • कार्यक्रम समापन अवधिभरसम्म सबै सहभागी कार्यक्रममा नबस्नु ।
सिकाई तथा अनुभव
  • राजनीतिक दल तथा स्थानीय नागरिक समाजको सहभागिता बृद्धि गर्नु पर्ने ।
  • साउण्ड सिस्टम वा ह्याण्ड माईकको व्यवस्था गर्नुपर्ने ।
  • सहभागीहरू अन्तिमसम्म बसीरहुन् भन्नाका लागि रणनीति तय गर्ने । जस्तै : चियापन कार्यक्रम अन्तिममा राखेर , बस्नको लागि अनुरोध गरेर ।
मिडिया कभरेज मेरोरिपोर्टमा यसमा जानको लागि यहाँ Click गर्नुहोला

































Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel