लक्ष र उद्देश्य - LACCoS_Conserve to Live
Our Post :

लक्ष र उद्देश्य

Written By LACCoS Conserve to Live on Wednesday, June 19, 2013 | 12:36 AM

लक्ष्य 
वातावरण तथा प्रजाति संरक्षणमा  स्थानीय समुदायको जनचासो तथा सहभागिता विकास गरी संरक्षणको माध्यमबाट स्थानीय जीविकोपार्जनमा टेवा पुर्‍याउने ।

उद्धेश्य 
यस समाजको मुख्य उद्धेश्य लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र तथा बाहिरको जैविक विविधता, वातावरण संरक्ष्ँण तथा ग्रामीण पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयस्रोत बृद्धि गर्न सहयोग पुर्‍याउन विभिन्न कृयाकलाप सञ्चालन गर्ने हो । संस्था स्थापना गर्दा निर्दिष्ट गरेका उद्धेश्यहरू निम्नानुसार छन् ।

  • वातावरण संरक्षण र पर्यावरण सन्तुलन राख्ने कार्यमा संस्थागत विकास गर्न स्थानीय समुदाय परिचालन र जनसहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने । 
  • लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र तथा पर्यटन क्षेत्रहरूमा हुने वा भएका फोहोर मैलाको उचित व्यवस्थापन गरी संरक्षणमा टेवा पुर्‍याउने  । 
  • वातावरण संरक्षण तथा पर्यापर्यटन, पर्या-कृषि, पर्या- संस्कृति मार्फ स्थानीय समुदायको आर्थिक, शैक्षिक, सामाजिक अवस्थामा सुदृढ बनाउने जीवन पद्धतिममा सुधार ल्याउने । 
  • वन जंगल र वन्यजन्तुको महत्व, तिनीहरू र हामी बीचको घनिष्ठताबारे व्यापक जनचेतना अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरी वन मास्ने, डँडेलो लगाउने तथा वन्यजन्तु मास्ने कार्यलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्ने । 
  • विभिन्न संघसंस्था एवं सरकारी कार्यालयहरूसित समन्वय र साझेदारीमा हिमाली जडिबुटी खेती गर्न लगाई स्थानीय कृषकको आयस्रोत बढाउन आयमूलक, सीपमूलक तथा ग्रामीण वचत -बैंक) जस्ता कार्यक्रम सञ्चालन गर्ने । 
  • जलवायु परिवर्तनबाट हुने जोखिम न्यून गर्ने, हिमाली क्षेत्रका सिमसार क्षेत्र, ताल, तलैया -कुण्ड) आदिको संरक्षण, सर्म्बर्द्धन गर्ने खालका कृयाकलाप सञ्चालन गरी संरक्षणमा सहयोग पुर्‍याउने । 
  • समुदायमा आधारित युवा संगठन, आमा समूह, विद्यार्थी तथा इको क्लब नेर्टवर्क, सामुदायिक वन, हिमचितुवा संरक्षण समिति, चोरीसिकारी नियन्त्रण समिति, मध्यवर्ती परिषद ता समिति, समूहसँग समन्वय र साझेदारी विकास गरी संरक्षणतथा दिगो विकासको कार्य गर्ने । 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel