लाङटाङ संरक्षण तथा पर्यटन उत्सव - LACCoS_Conserve to Live
Our Post :

लाङटाङ संरक्षण तथा पर्यटन उत्सव

Written By LACCoS Conserve to Live on Wednesday, June 26, 2013 | 1:04 AM

लाङटाङ क्षेत्र जैविक विविधता तथा प्राकृतिक सम्पदाले धनी र दुर्लभ  वन्यजन्तु हिउँचितुवा, कस्तुरी मृग र रेडपाण्डाको वास स्थानको रूपमा विश्वब्यापी प्रख्यात रहेको छ । यसरी यी दुर्लभ  तथा अन्य सवै वन्यजन्तु र त्यसको वासस्थानको संरक्षण गर्नु आजको आवश्यक्ता रहेको छ भने त्यसको संरक्षणमा अग्रणी रुपमा स्थानीय सहभागितालाई स्थापना गर्नु पनि महत्व रहेको छ ।

यसै अनुरुप वन तथा वन्यजन्तु आदिको संरक्षणमा स्थानीय सहभागितामा विकास हुन ब्यापक रुपमा जनचेतना अभिबृद्धि गर्ने उद्धेश्य प्रत्येक वर्षवन्यजन्तु सप्ताहको अवसरमा यस लाङटाङ क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, ला.रा.नि.म.क्षे.स.आ., जिल्ला विकास समिति रसुवा तथा यस ल्याकोस संस्थाको संयोजनमा रेड पाण्डा ट्रफी भलिवल प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु सहित मनाउने गरिएको छ ।

यसै गरी यस वर्ष-१ देखि ७,२०७०) मा पर्ने वन्यजन्तु सप्ताहमा पनि स्थानीय जनस्तरमा वन तथा वन्यजन्तु प्रति ब्यापक रुपमा जनचेतना अभिबृद्धि गर्न विविध कार्यक्रमहरु मनाइएको छ । विशेष गरी यो क्षेत्रमा जैविक विविधता तथा पर्यटनले समेत प्रख्यात रहेकोले प्रत्येक वर्षयस प्रकारको वन्यजन्तु सप्ताह लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको रुपमा मनाउने र त्यसको संस्थागत विकास गर्ने उद्धेश्ये यस वर्षको  उत्सवमा मुख्य गरी चौथो रेडपाण्डा ट्रफी भलिवल आयोजना र संरक्षणमुलक न्चभभल ऋयलअभचत -हरित  साँस्कृतिक कार्यक्रम) ,Bird Watching  प्रमुख कार्यक्रम रहेको छ । यस वर्षो कार्यक्रमको  प्रमुख आयोजकहरु लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज,ला.रा.नि.म.क्षे.स.अ.- WWF ) जिल्ला विकास समिति रहेको थियो भने मुख्य रुपमा रसुवामा संचालित जलविद्युत आयोजनाहरु, नेपाल पर्यटन वोर्ड, रसुवाको गा.वि.स.कार्यालयहरु, टान नेपाल,  निर्माण सेवा ब्यावसायी, लाङटाङ क्षेत्रर् इको क्लब सञ्जाल , जिल्ला भलिवल संघ रसुवा,  रसुवा संरक्षण तथा संस्कृति कला समूह -  आदिको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो ।


उदेश्य

जनचेतना अभिबृद्धि मार्फत संरक्षणमा स्थानीय जनचासो, सक्रिया सहभागी विकास गर्ने प्रमुख उद्धेश्य रहेको यस कार्यक्रममा देहायव मोजिमको उद्धेश्यहरु हुन


  • वन्यजन्तु संरक्षणको लागि स्थानीय स्तरमा ब्यापक जनचेतना अभिबृद्धि गर्ने ।
  • स्थानीय भेषभूषाको महत्व झल्काउने तथा संस्कृति संरक्षणमा टेवा पुर्‍याउने ।
  • फोटो प्रदर्शनी मार्फत स्थानीय तथा युवावर्गहरुलाई वन्यजन्तु संरक्षणमा अभ्रि्रेरित   
  • गराउने ।
  • खेलकुद मार्फत स्थानीय तथा युवावर्गमा बढी मात्रामा वन्यजन्तुको महत्ववारे बुझाउने  । 
  • दुर्दलभ  तथा संकटापन्न वन्यजन्तु हाव्रे -रेड पाण्डा) को बारेमा ब्यापक प्रचार प्रसार तथा जनचेतना अभिबृद्धि गर्ने ।
  • यस उत्सव मार्फ यस क्षेत्रको आन्तारिक पर्यटन प्रवर्दनमा जोड दिने । 
  • लाङटाङ क्षेत्रको महत्ववारे प्रचार प्रसार गर्ने । 
  • सवै सरोकारवालाहरुलाई सहभागी गर्राई संरक्षण तथा पर्यटन उत्सवलाई संस्थागत विकास गर्दै जाने ।
     


Rest coming soon

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel